
काठमाडौं । नेपालमा एक हजार १६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा एक हजार १६ जना नयाँ संक्रमित थपिएका हुन् । एकैदिन थपिएको कोरोना संक्रमितको यो संख्या हालसम्मकै उच्च हो ।
नयाँ संक्रमित हुनेहरुमा झापाका २१, खोटाङका १, मोरंगका १०८, सुनसरीका ८, उदयपुरका २, संखुवासभाका ३, ओखलढुंगाका १, पाँचथरका १, बाराका ४२, धनुषाका ६४, महोत्तरीका २४, पर्साका १२८, रौतहटका ३७, सप्तरीका ३, सर्लाहीका १०७, सिरहाका १६, भक्तपुरका १७, चितवनका ४९, धादिङका २, दोलखाका २, काठमाडौँका १३८, ललितपुरका ५०, मकवानपुरका ३०, काभ्रेका २१, सिन्धुलीका १, सिन्धुपाल्चोकका ३, बाँकेका ६, बर्दियाका ९, दाङका १, कपिलवस्तुका १९, नवलपरासी पश्चिमका १, रोल्पाका १, रुपन्देहीका १६, बागलुङका ३, गोरखाका २, कास्कीका १६, लमजुङका १, स्याङ्जाका १, तनहुँका २, नवलपरासी पुर्वका ४, दैलेखका ५, रुकुम पश्चिमका १, सुर्खेतका १, दार्चुलाका २, डोटीका ४६, कैलालीका १ र कंचनपुरका १ रहेका छन्।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या २८ हजार २५७ रहेको छ । जसमा १७ हजार ५८० जना निको भएर घर फर्किसकेका छन् ।
त्यस्तै, देशभर १० हजार ५६३ सक्रिय संक्रमित रहेका छन् भने आज १३ हजार ४६१ पीसीआर परीक्षण भएको छ ।
प्रतिक्रिया दिनुहोस