aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

काठमाडौं उपत्यकामा हालसम्मकै सर्वाधिक संक्रमित पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ भदौ २०७७
काठमाडौं उपत्यकामा हालसम्मकै सर्वाधिक संक्रमित पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । एकै दिन संक्रमण पुष्टि भएको यो अहिलेसम्म कै धेरै संख्या हो । 

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका १३८ जना, ललितपुरका  ५० जना र भक्तपुरका  १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  
 

प्रतिक्रिया दिनुहोस