aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कारोनाका कारण थप ७ जनाको मृत्यु, मृतकको संख्या ११४ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ भदौ २०७७
कारोनाका कारण थप ७ जनाको मृत्यु, मृतकको संख्या ११४ पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ७ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।  

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा मोरङ, काभ्रे, नवलपरासी, बाँके, तनहुँ, कास्की र धनुषाका एक/एक जना रहेका छन् । 

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।  बाँकेकाे नेपालगन्जमा कोरोना संक्रमणकै कारण ६२ वर्षीय पुरुषको समेत मृत्यु भएको छ । 

ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत नवलपरासीका  एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान नवलपरासीका ३७ वर्षीय पुरुषको मृत्यु भएको अस्तालका निर्देशक डाक्टर रवि शाक्यले बताए । ती पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि साउन ३० गते आइसीयूमा भर्ना गरिएको थियो । 

यस्तै कास्की सेवा अस्पतालमा उपचाररत तनहुँ निवासी ५० वर्षीय महिलाको आईसीयूमा उपचारको क्रममा गएराति राति मृत्यु भएको छ  । मृतक महिलामा  सुगर, मुटुको समस्या थियो ।

यसैगरी काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचाररत ९८ वर्षीय संक्रमित वृद्धको  पनि मंगलबार नै मृत्यु भएको छ । यस्तै गण्डकी प्रदेशमा २ जना कोरोना संक्रमितको समेत मृत्यु भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखराका ८७ वर्षीय पुरुषको मंगलबार बिहान  मृत्यु भएको हो ।  ज्वरो तथा श्वासप्रश्वासको समस्या भएर २२ गते भर्ना भएका थिए । ती पुरुषमा सुगर र मिर्गौला रोगी थिए ।

प्रतिक्रिया दिनुहोस