
एजेन्सी । कोरोना महामारीबाट आक्रान्त भइरहेको विश्वलाई मुक्ति दिन विश्वभरीका वैज्ञानिक खोपको विकासमा लागि रहेका छन् । रुसले विकास गरेको खोपका बारेमा विभिन्न टिप्पणी भइरहेका बेलामा बेलायतको अक्स्फोर्ड विश्वविद्यालयले विकास गरेको खोप भोलिबाट मानव परिक्षणको तेस्रो चरणमा जाने भएको खबर आएको छ ।
भारतमा समेत यो खोपको विकास गरिने भएकाले मंगलबार भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउने क्रममा मंगलबार खोपको बारेमा पनि एक वक्तव्य दिइएको थियो ।
भारतमा यो सँगै तीन कोरोना खोपहरुमा काम भइरहेको छन । जसमध्ये अक्सफोर्ड विश्वविद्यालयको खोप आज वा भोलि परीक्षणको तेस्रो चरणमा पुग्ने जानकारी गराइएको छ । कोरोना खोप सम्बन्धी नीति आयोगका सदस्य डा. वीके पालले भने, “देशमा तीनवटा कोरोना खोपहरू काम भइरहेको छ । यी विभिन्न चरणमा छन् । यी खोपमध्ये एउटा आज वा भोलि ट्रायलको तेस्रो चरणमा पुग्नेछ । हामी सहि दिशामा गइरहेका छौं । त्यसपछि खोपको उपलब्धता शुरु हुनेछ ।''
डा. वीके पालले भने, “ तेस्रो चरणको परिक्षण लामो समय हुने छ । खोप कति लामो समय आउँछ भन्न सकिने बेला भएको छैन । फेज १ र फेज २ लाई हप्ता लागेको थियो भने फेज ३ लाई केही हप्ता बढी लाग्न सक्छ ।
प्रतिक्रिया दिनुहोस