aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

उपत्यकामा अत्यावश्यक बाहेक सबै सेवा एक साताका लागि बन्द (निषेध गरिएका क्षेत्रको लिष्ट सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ भदौ २०७७
उपत्यकामा अत्यावश्यक बाहेक सबै सेवा एक साताका लागि बन्द (निषेध गरिएका क्षेत्रको लिष्ट सहित)

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि  उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको विज्ञप्तिका अनुसार अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् ।

कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएकोले संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम लगाउने निर्णय भएको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। 

ुऔषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममाबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन निषेध गरिएको छ, बैठकपछि जारी विज्ञप्तिको पहिलो नम्बरको निर्णयमा उल्लेख छ। सोमबार मात्रै बसेको मन्त्रिपरिषद् बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्ने र कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको थियो।

उपत्यकामा संक्रमित बढेपछि तीन जिल्लाका अधिकारी बैठकमा, लकडाउन फेरी ?

 

प्रतिक्रिया दिनुहोस