
एजेन्सी । कोरोना महामारीबाट छुटकारा पाउन विश्वका धेरै देशहरूमा खोपहरू खोज्ने काम महिनौंदेखि लागि रहेका छन । तर रूसले अनपेक्षित रूपमा खोप दर्ताको पहिलो दावी गर्यो । रसियाको डाइरेक्ट इन्भेष्मेन्ट फण्ड आरडीआईएफका सीईओ किरल डिमित्रेभले रुसको खोज स्पुतनिक भि आफ्ना परिवारलाई लगाएका छन । उनले ९० वर्षकी आफ्नी आमा र परिवारका अन्य सदस्यलाई लगाएको दावी गरेका छन् ।
रुसी खोप स्पुतनिक भिको बारेमा विश्वव्यापी रूपमा शंका उब्जिएको छ, तर रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का प्रमुख कार्यकारी किरल डिमित्रीले खोप विश्वसनीय र सुरक्षित रहेको दाबी गर्दै आफ्नो परिवारलाई कोरोनाबाट सुरक्षीत बनाइसेका छन् । खोप पत्ता लगाइसकेपछि, दिमित्रीले पहिलो पटक भारतीय च्यानलमा अन्तरबार्ता दिदै उनले भने, ’म र मेरो पूरै परिवार सहित मेरा ९० बर्षे उमेरका अभिभावकलाई पनि खोप लगाइएको छु । यो खोप सुरक्षित र भरपर्दो छ ।'
उनले भने, ’यो खोप प्लेटफार्म गत छ वर्षमा तयार पारिएको छ, यसले कुनै साइड इफेक्ट हुने छैन।’ उनले भन, भारतीय वैज्ञानिक र भारतीय औषधि निर्मातासँग हाम्रो धेरै एक अर्कामा सहयोग छ । तिनीहरू हाम्रो प्रविधि बुझ्छन्।'
किरील दिमित्रीका अनुसार अगस्टमा वैज्ञानिकहरूले यसको बारेमा विवरण प्रकाशित गर्नेछन् । २० वर्ष रूसी अनुसन्धानको आधारमा मानव एडेनो भाइरसलाई सबैभन्दा सुरक्षित डेलिभरी भेक्टरको रूपमा छानिएको छ । पछिल्ला २० बर्षमा हजारौं व्यक्तिलाई क्यान्सर वा बांझपन जस्ता साइड इफेक्टको साथ एडेनो भाइरस खोप दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस