aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ भदौ २०७७
थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा ६८१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६८१ जना नयाँ संक्रमित थपिएका हुन् ।  

आज थपिएका नयाँ संक्रमित काठमाडौंका १३४ जना, पर्सामा १०८ जना, मोरङमा ६९ जना, रूपन्देहीमा ५२ जना र सुनसरीमा ३६ जना, झापामा १६, ओखलढुंगामा एक, पाँचथरमा एक जना, सप्तरीमा १३, सिरहामा १९, धनुषामा २८ जना, महोत्तरीमा १२, सर्लाहीमा १९, बारामा १५ र रौतहटमा चार जना, भक्तपुरमा आठ, ललितपुरमा १७ र धादिङमा एक जना चितवनमा २४ जना, गोरखामा तीन, कास्कीमा पाँच, लमजुङमा तीन, पूर्वी नवलपुरासीमा १२ र तनहुँमा चार जना, कपिलवस्तुमा ६, पश्चिम नवलपरासीमा एक, पाल्पामा एक, दाङमा तीन र प्यूठानमा दुई जना, बाँकेमा १८ र बर्दियामा दुई जना, सल्यानमा १७, डोल्पामा एक, जुम्लामा नौ, सुर्खेतमा १३ र दैलेखमा चारजना, कैलालीमा तीन, अछाममा तीन, डोटीमा चार जना रहेका छन् । 

प्रतिक्रिया दिनुहोस