aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कारोनाका कारण थप ६ जनाको मृत्यु, मृतकको संख्या १२० पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ भदौ २०७७
कारोनाका कारण थप ६ जनाको मृत्यु, मृतकको संख्या १२० पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।  

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा मृत्यु हुनेमा भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिला, हेटौंडा उपमहानगरपालिका १ चौकीटोलकी ६१ वर्षका वृद्धा, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सुनसरीकी ७१ वर्षीया महिला, वीरगञ्ज महानगरपालिका भिश्वा बस्ने ५७ वर्षीय, वीरगञ्ज–४ विर्ता बस्ने ८४ वर्षीय पुरुष र बर्दियामा पुरुष रहेका छन् ।     

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२० पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस