aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

महानगरीय ट्राफिक महाशाखाका थप १७ जना प्रहरीलाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ भदौ २०७७
महानगरीय ट्राफिक महाशाखाका थप १७ जना प्रहरीलाई कोरोना संक्रमण

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यारत १७ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखिएको छ। क्वारेन्टाइनमा राखेर परीक्षण गराएका प्रहरीको कोरोना रिपोर्ट बिहिबार पोजेटिभ आएको हो।

एक प्रहरी अधिकृतका अनुसार यसअघि महाशाखामा कार्यारत दुई जना प्रहरीमा कोरोना देखिएको थियो। त्यसकै कन्ट्याक्ट ट्रेसिङमा परेरे क्वारेन्टाइनमा रहेका १७ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो।

 योसँगै ट्राफिक महाशाखामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस