aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

फेसबुकको चर्चित एप बन्द गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ भदौ २०७७
फेसबुकको चर्चित एप बन्द गर्दै

एजेन्सी । फेसबुकले नेटवर्क कम भएको स्थानमा चलाउनका लागि बनाएको एप बन्द गर्दैछ । लाइट एप कम लो स्पेसिफेकेसन वाला स्मार्टफोनका लागि बनाएको थियो । 

म्याकम्यागजिगनको एक रिपोर्ट अनुसार अब कम्पनीले यो एप निष्क्रिय गर्ने तयारी गरिरहेको  छ । यो एप फेसब्ुकको मुख्य एप लाइट संस्करण थियो । जसमा फेसबुकको सबै आधारभूत सुविधाहरू प्रदान गरिएको छ । 

यद्यपि यो एपले कम्पनीले अपेक्षा गरे जति लोकप्रियता प्राप्त गर्न सकेन । अब यहि कारणले कम्पनीले यसलाई बन्द गर्दै छ । रिपोर्टका अनुसार ब्राजिलका प्रयोगकर्ताहरूलाई एपमा बन्द गर्ने एउटा सूचना जारी गरेको छ । 

सूचनामा भनिएको छ, ‘फेसबुक लाइट एप असपल भयो । तर, अझै पनि तपाईं अझै पनि आफ्नो परिवार र साथीहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ मूल फेसबुक एप प्रयोग गरेर।’ फेसबुक लाइट एप अबदेखि एप्पल एप स्टोरमा पनि देखिँदैन । यो अझै पनि एन्ड्रोइड स्मार्टफोनमा गुगल प्ले स्टोरमा मात्र उपलब्ध छ ।

म्याक रुमरसको एक रिपोर्टले एक फेसबुक प्रवक्ताको उद्धृत गर्दै  सामान्य अपग्रेड र सुधारका कारण आईओएसमा फेसबुक लाइट उपयुक्त नभएको जनाएको  छ।  यस एप बन्द भएपछि फेसबुकले आधिकारिक धारणा जारी गरेको छैन ।यस कारणले यो स्पष्ट छैन कि कम्पनीले यो अनुप्रयोग बन्द गर्नेछ वा गर्दैन । 
 

प्रतिक्रिया दिनुहोस