aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ भदौ २०७७
थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा ७०७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ७०७ जना नयाँ संक्रमित थपिएका हुन् । 

आज थपिएका नयाँ संक्रमित उदयपुरका ४ जना , झापाका एकजना, तेह्रथुमका ९ जना, धनकुटाका एकजना, मोरङका ९ जना र सुनसरीका १३ जना, धनुषाका ३१ जना, पर्साका ५५ जना, बाराका ८ जना, महोत्तरीका १५ जना, रौतहटका ६ जना, सप्तरीका १९ जना, सर्लाहीका ९३ जना र सिराहाका २१ जना, काठमाडौंका १७४ जना, काभ्रेका एकजना, चितवनका एकजना, दोलखाका २ जना, धादिङका २ जना, नुवाकोटका ३ जना, भक्तपुरका ८ जना, मकवानपुरका २५ जना, ललितपुरका १८ जना, सिन्धुपाल्चोकका एकजना र सिन्धुलीका एकजना, कास्कीका १९ जना, गोरखाका एकजना, तनहुँका २ जना, नवलपरासी पूर्वका ३ जना, बाग्लुङका ८ जना, स्याङ्जाका एकजना, कपिलवस्तुका ३० जना, गुल्मीका ३ जना, दाङका ४ जना, प्युठानका एकजना, बर्दियाका २ जना, बाँकेका १६ जना, रुपन्देहीका १८ जना र रोल्पाका एकजना, कालिकोटका एकजना, जाजरकोटका एकजना, दैलेखका १९ जना, रुकुम पश्चिमका एकजना, सल्यानका एकजना र सुर्खेतका एकजना, अछामका ३१ जना, कैलालीका एकजना, डडेल्धुराका २ जना, डोटीका १६ जना, दार्चुलाका एकजना, बझाङका एकजना र बैतडीका एकजना रहेका छन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या २९ हजार ६४५ रहेको छ । जसमा १७ हजार ९ सय ६४ जना निको भएर घर फर्किसकेका छन् ।   

प्रतिक्रिया दिनुहोस