
काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएसँगै यसको संक्रमणबाट बच्नका लागि विभिन्न प्रकारका उपायहरु अपनाउने गरिएको छ । त्यसमध्येका एक हो सेनिटाइजर । तर, सेनिटाइजर भन्ने वित्तिकै कुन कम्पनीको वा कुन ब्रान्डको सेनिटाइजर गुणस्तरिय हुन्छ भन्ने आम ग्राहकले अवसर नै पाएका छैनन ।
नाम चलेका कम्पनीहरुले पनि सस्तो दामको लोभमा गुणस्तरहिन सेनिटाइजर बजारमा पठाइरहेका हुनसक्छन् । विश्व स्वास्थ्य संगठनले गुणस्तरिय सेनिटाइजरका केहि मापदण्ड तय गरेको छ । त्यसमध्ये सेनिटाइजरमा प्रमुखरुपमा प्रयोग हुने अल्कोहलको मात्रा ७० देखि ८० प्रतिशत हुनुपर्ने उल्लेख गरेको छ ।
यसरी थाहा पाउनुहोस् अल्कोहलको मात्रा
बजारमा पाइने सेनिटाइजरमा कति प्रतिशत अल्कोहल छ भनेर कसरी थाहा पाउने भन्ने विधि कसैलाई पनि थाहा छैन । सेनिटाइजरमा भएको अल्कोहलको मात्रा थाहा पाउन आटाको पिठो मार्फत गर्न सकिने विधि पत्ता लागेको छ ।
सबैभन्दा पहिला सेनिटाइजरलाई कुनै एउटा भाडोमा राख्नुहोस र त्यसमा केहि चम्चा आटाको पिठो राख्नुहोस र मुछ्ने प्रयास गर्नुहोस् । यदि सेनिटाइजरमा ७० देखि ८० प्रतिशतसम्म अल्कोहल रहेछ भने आटा डल्लो पर्दैन । यदि आटा डल्लो परेन भने त्यो सेनिटाइजर गुणस्तरिय छ ।
त्यस्तै, अर्को विधि अनुसार एउटा टिश्यू पेपर लिनुहोस र त्यसको बिचमा सानो प्वाल पार्नुहोस र त्यो प्वालमा एक थोपा सेनिटाइजर हाल्नुहोस् । यसो गर्दा उक्त सेनिटाइजर त्यो प्वाल भन्दा बाहिरतिर फैलिदै गयो र धेरैबेर सम्म यसको दाग देखियो भने त्यो सेनिटाइजर नक्कली हो । र, उक्त प्वालमा हालेको केहि समय पछि नै त्यसको दाग देखिएन भने त्यो सक्कली हो ।
त्यसैगरि, एउटा कचौरामा सेनिटाइजर राख्नुहोस र उक्त कचौराको सेनिटाइजरलाई हेयर ड्रायर वा पंखाले उडाउने कोसिश गर्नुहोस् । यदि ५ देखि ७ सेकेन्डमा उक्त कचौरा सुख्खा भयो भने त्यो सेनिटाइजर सक्कली हो ।
प्रतिक्रिया दिनुहोस