aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोना परीक्षणको लागि संकलित 136 जनाको स्वाब नै हरायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ भदौ २०७७
कोरोना परीक्षणको लागि संकलित 136 जनाको स्वाब नै हरायो

काठमाडौं। सुनसरीको इटहरीका कोरोना संक्रमितको आफन्त तथा कन्टयाक टेसिङ आधारमा लिएको १३६ जनाको स्वाब हराएको छ । लामो समयसम्म रिपोर्ट नआएको भन्दै सर्वसाधरणहरुले गुनासो गरिरहेका छन । इटहरी अस्पताल संबद्ध स्रोतका अनुसार इटहरीबाट संकलन भएको स्वाब वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट हराएको हो।

इटहरीमा गत साउन ३० गते पिसिआरको लागि स्वाब दिएकाहरुले ६ दिन पुग्दा पनि रिपोर्ट नआउँदा आफुहरु थप समस्यामा परेको गुनासो गरेका छन । कन्टयाक टेसिङ्को आधारमा इटहरी अस्पतालले लिएको स्वाब पिसिआर स्वाब हराए पछि पुन स्वाब सङ्कलन गर्नुपर्ने भएको छ ।

सर्वसाधरणहरुले रिपोर्टको बारेमा गम्भिरतापूर्वक लिए पनि सम्बन्धित निकायले गरेको गम्भिर लापरवाहीले रिपोर्ट हराएको स्वाब दिएकाहरुले आरोप लगाएका छन । रिपोर्ट बारे अस्पतालसँग बारम्बार फलोअप गर्दा समेत इटहरीबाट संकलन भएको स्वाब हराएको भन्दै सङ्कलन गर्ने र परीक्षण गर्ने दुवै कार्यालय चरम गैरजिम्मेवार भएको इटहरीबासीको आरोप छ ।

इटहरी अस्पताल स्रोतका अनुसार धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान ले इटहरीबाट पिसिआर जाँचको लागि पठाएको स्वाब हालसम्म भेटेको छैन ।

प्रतिक्रिया दिनुहोस