
काठमाडौं । कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत ७७ वर्षीय पुरुष रहेका छन् ।
ती पुरुष साउन ३० गते सप्तरीको राजविराजबाट काठमाडौं आएका थिए । वीर अस्पतालको प्रयोगशालामा स्वाब दिएका उनको रिपोर्ट ३२ गते पोजेटिभ आएको थियो। उनी ग्रिनसिटीमा उपचार गरिरहेका थिए । उनको अवस्था गम्भीर भएपछि बिहीबार एपीएफ अस्पताल लगिएको थियो । सोहि अस्पतालमा उनको शुक्रबार मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस