
काठमाडौं । नेपालमा ८३८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८३८ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका नयाँ संक्रमित इलामका ४ जना, उदयपुरका २ जना, झापाका ७ जना, ताप्लेजुङका एकजना, पाँचथरका एकजना, मोरङका ४५ जना र सुनसरीका २९ जना, धनुषाका ३ जना, पर्साका ८० जना, बाराका ४० जना, रौतहटका ११ जना, सप्तरीका ५ जना, सर्लाहीका २४ जना र सिराहाका १६ जना, काठमाडौंका १४२ जना, चितवनका २३ जना, दोलखाका एकजना, धादिङका एकजना, नुवाकोटका २ जना, भक्तपुरका १५ जना, मकवानपुरका ३२ जना, रसुवाका एजकना, ललितपुरका २५ जना र सिन्धुलीका ८ जना, कास्कीका एकजना, नवलपरासी पूर्वका १९, पर्वतका एकजना, मनाङका २ जना, बाग्लुङका ३ जना, स्याङ्जाका एकजना, अर्घाखाचीका एकजना, कपिलवस्तुका २ जना, गुल्मीका एकजना, दाङका ४ जना, पाल्पाका एकजना, प्युठानका ६ जना, बर्दियाका ६ जना, बाँकेका २० जना, रुपन्देहीका १७ जना र रोल्पाका एकजना, कालिकोटका एकजना, जुम्लाका ५३ जना, दैलेखका एकजना, रुकुमपश्चिमका ३ जना, अछामका ३८ जना, कंचनपुरका १४ जना, कैलालीका ८५ जना, डडेल्धुरका २ जना, डोटीका ३४ र बैतडीका ३ जना रहेका छन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ३० हजार ४८३ रहेको छ । जसमा १८ हजार २ सय १४ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस