
काठमाडौं । कोरोना भाइरसका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ११ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।
प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा एक महिल र १० जना पुरुष रहेका छन् । माेरङ, पर्सा, बारा, काठमाडाैँ, ललितपुर, मकवानपुर, चितवन, सप्तरी, सर्लाही, दाेलखा र प्यूठानमा एक–एक जनाको कोरोनाबाट मृत्य भएको हो।
योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस