
विरगञ्ज । वीरगन्ज महानगरपालिका वडा नं २५ स्थित होटेल वाटिका ईन्टरनेशनलमा पनि हामीले ४० शय्याको ४० जना सङ्क्रमितलाई सेवा दिन सकिने० आइसोलेसन केन्द्र सुरुआत गरेको छ ।
संविधान सभाका सदस्य एवम् प्रतिष्ठित उद्यगी अनिल रूङ्गटा, प्रदेश २ सभा सदस्य डा.अन्जु कुमारी यादव, बुढानिलकण्ठ स्कूल पूर्व विद्यार्थी समाज, सहायता नेपाल, अमेरिका नेपाल मेडिकल फाउन्डेसन, राष्ट्रिय आविस्कार केन्द्र र क्रियशन नेपाललसँगको सहकार्यमा सामुदायिक आइसोलेसन केन्द्र सञ्चालन गरिएको हो ।
यस सामुदायिक आइसोलेसन केन्द्रमा कोरोना सङ्क्रमण भएका सर्वसाधारणलाई राखिने छ। यसअघि कलवार धर्माशालामा सञ्चालन गरिएको ४० शय्याको आइसोलेसनमा कोरोना नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीहरुलाई राख्दै छ । यो आइसोलेसन केन्द्रमा कोरोना सङ्क्रमितका लागि नियमितरूपमा चिकित्सकीय उपचार तथा परामर्श सेवा उपलब्ध गराइने होटल व्यवस्थापन समितिले जनाएको छ ।
यहाँ एक मेडिकल अधिकृतसहित चार जना पारामेडिकल कर्मचारीको उपलब्धता हुनेछ। त्यस्तै नारायणी अस्पतालका विज्ञ डक्टरबाट नियमितरुपमा आइसोलेसन केन्द्रमै पुगेर परामर्श सेवा उपलब्ध गराइने छ।
प्रतिक्रिया दिनुहोस