aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नेकपा नेता माकुनेका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ भदौ २०७७
नेकपा नेता माकुनेका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना पुष्टि

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको गौतमले बताए । गत बिहीबार उनीहरुको स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षण रिपोर्ट शुक्रबार राति आएको थियो ।

प्रतिक्रिया दिनुहोस