
काठमाडौं । नेपालमा ६३४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६३४ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ३१ हजार ११७ रहेको छ । जसमा १८ हजार ३ सय ५० जना निको भएर घर फर्किसकेका छन् ।
पछिल्लो २४ घण्टामा १२ हजार ५ सय १९ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर ११ हजार ६ सय ५८ जना क्वारेन्टिनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस