aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

६ वर्षिया बालिकासहित थप ९ जनाको मृत्यु,  मृतकको संख्या १४६ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ भदौ २०७७
६ वर्षिया बालिकासहित थप ९ जनाको मृत्यु,  मृतकको संख्या १४६ पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ९ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । 

मृत्यु हुनेमा सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्सामा ६१, ५८, ४८ वर्षीय पुरुष, बारामा ५८ वर्षीय पुरुष, सिराहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले बताए । 

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस