
काठमाडौं । नेपालमा ८१८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८१८ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ रहेको छ । जसमा १८ हजार ६ सय ३१ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस