aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

के स्वाब संकलन गर्दा मस्तिष्कमा क्षति पुग्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ भदौ २०७७
के स्वाब संकलन गर्दा मस्तिष्कमा क्षति पुग्छ ?

कोरोना भाइरसको परीक्षणले मानिसलाई हानि पुर्‍याउँछ भन्ने दाबीसहितका सन्देशहरू सामाजिक सञ्जालमा मानिसहरूले एकअर्कालाई पठाइरहेका छन्।

परीक्षणका लागि स्वाब लिँदै गरिएको एउटा तस्बिर फेसबुक र इन्स्टाग्राममा व्यापक रुपमा शेअर गरिएको छ। उक्त पोस्टमा स्वाब "ब्लड ब्रेन ब्यारीअर" बाट झिकिएको दाबी गरिएको छ।

नाकबाट स्वाब निकाल्दा ब्लड ब्रेन ब्यारीअरसम्म पुग्न सक्छ भन्ने कुरा पूर्णतया गलत बुझाइ हो। हाम्रो मस्तिष्कमा यसलाई जोगाउनका लागि थुप्रै तहहरू हुन्छन्। पहिलो खप्पर हो। त्यसभित सुरक्षित झिल्ली र तरल पदार्थले मस्तिष्क ढाकिएको हुन्छ।

रक्तनलीभित्र ब्लड ब्रेन ब्यारीअर कोषिकाहरूको कसिला तह हुन्छन्। तिनले मस्तिष्कमा प्रवेश गर्ने अणुलाई रोकिदिन्छन् र अक्सिजन तथा पोषक तत्त्वहरूलाई मात्रै मस्तिष्कमा पठाउँछन्। नाकबाट पठाइने स्वाब स्टिक ब्लड ब्रेन ब्यारीअरसम्म पुग्नका लागि तन्तुका थुप्रै तहहरू पार गर्नुपर्छ र हड्डी खोप्नुपर्छ र रक्त धमनीभित्र पुग्नुपर्छ।

"तन्तु र हड्डीका थुप्रै तहहरू तोड्ने खालको एउटा राम्रो दबावबिना स्वाब ब्लड ब्रेन ब्यारीअरभित्र पुग्न सक्दैन। कोभिड स्वाबबाट कुनै जटिलता आएको हामीले हाम्रो न्यूरोलजीको अभ्यासमा देखेका छैनौँ," ब्रिटिश न्यूरोसाइन्स असोसीएशनकी सदस्य डा. लिज कुल्टहार्डले भनिन्।

 कोभिड-१९ को परीक्षणका लागि नाक र घाँटीको स्वाब लिइन्छ। "अस्पतालमा काम गर्दा मैले थुप्रै बिरामीको स्वाब लिएको छु र परीक्षणका लागि पनि यी स्वाबहरूको काम आफैँले प्रत्येक साता स्वयंसेवीका रुपमा गरिरहेको छु। नाकभन्दा धेरै माथि त्यस्तो केही हुनु असाधारण हो - स्वाब निकाल्दा अलि असहज हुनसक्छ तर पीडादायी हुँदैन," लिभरपुल स्कूल अफ ट्रपिकल मेडिसिनका डा. टम विङ्फील्डले भने।

स्वाब निकाल्दा त्यसले ब्लड ब्रेन ब्यारीअरमा असर गर्छ भन्ने दाबीहरू पहिलो पटक ६ जुलाईमा अमेरिकीका फेसबुक प्रयोगकर्ताहरूले लेखेका थिए।ती केही पोस्टहरूमा परीक्षण नगर्न आह्वान पनि गरिएका थिए। तीमध्ये केहीलाई फेसबुकको तथ्य जाँच निकायले "गलत" भनेको थियो। हामीले त्यस्तै ग्राफिक्स रोमानिया, फान्स, डच र पोर्चुगल भाषामा गरिएका पोस्टहरूमा पनि पायौँ र ती पोस्टमा हजारौँ प्रतिक्रियाहरू आएका छन्। बीबीसी 

प्रतिक्रिया दिनुहोस