aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

सिआईटीको भुक्तानी एनसीएचएलको प्रणालीहरु मार्फत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ भदौ २०७७
सिआईटीको भुक्तानी एनसीएचएलको प्रणालीहरु मार्फत

काठमाडौं । नागरिक लगानी कोषले उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाईन मार्फत हुने भएको छ । कोषको कुमारी बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट लाभग्राहीहरुको बैंक खातामा सिधै भुक्तानी गर्न नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को नेशनल पेमेन्ट्स इन्टरफेस NPI)  मा Indirect Member  को रुपमा आबद्ध भएसँगै अनलाइनबाट भुक्तानी हुने भएको हो । कोषले एनसीएचएलको CHL-IPS तथा connectIPS e-payment   प्रणालीहरु प्रयोग गरी सदस्य बैंक वित्तिय संस्थाहरुमा रहेका लाभग्राहीका खातामा सोझै भुक्तानी गर्न सक्ने भएकोे छ ।

भुक्तानी प्राप्त गर्नका लागि लाभग्राहीले एक पटक आफ्नो खाताको विवरण कोषमा अद्यावधिक गराउनु पर्दछ । कोषले हालै आफ्नो नयाँ Core system लागू गरेको छ साथै NPI मा आबद्ध भई भुक्तानी कारोबारहरु स्वचालित गर्ने आफ्नो योजनालाई थप अगाडि बढाएको छ । कोषले हालको लागी उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाईन मार्फत सुरुवात गरेको छ भने क्रमश कोषले विभिन्न योजनाहरु अन्तर्गत व्यतिmगत तथा संस्थाहरु मार्फत संकलन गर्ने भुक्तानी रकम पनि सोझै आफ्नो तोकिएको बैंक खातामा प्राप्त गर्नेछ । 

कर्माचारी बचत बृद्धी अवकाश कोषको (८० प्रतिशत) कर्जा भुक्तानी भने गत वर्षदेखि नै एनसीएचएलको connectIPS e-Payment प्रणाली मार्फत अन्लाईन नै गरिँदै आएकोमा श्रावण मसान्त २०७७ सम्म connectIPS  मार्फत ने.रु.४४.७ करोड बराबरको ६,५०० भन्दा बढी कर्जा भुक्तानीहरुको संकलन भैसकेको छ ।

विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको ल्एक्ष् मार्फत हाल उपलब्ध onnectIPS र NCHL-IPS को सञ्जालमा क्रमश ५५ र ६३ सदस्य बैंक तथा वित्तिय संस्थाहरु आबद्ध रहेका छन् । एनसीएचएलले NCHL-ECC, NCHL-IPS, connectIPS e-Payment, connectRTGS र NPI ल्एक्ष् प्रणालीहरु सञ्चालन गर्दै आएको छ । साथै यसले आफ्ना भुक्तानी प्रणालीहरुमा विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/पिएसओ , सरकारी तथा अर्ध–सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।

नागरिक लगानी कोषको स्थापना नागरिक लगानी कोष ऐन १९९० अन्तर्गत सर्वसाधारणलाई विभिन्न अवकाश स्किम तथा कार्यक्रमहरु, इन्स्योरेनस, कोष कार्यक्रम लगायत लगानीको अवसर प्रदान गर्ने उदेश्यका साथ भएको हो । नागरिक लगानी कोष नेपालको सबैभन्दा ठूलो कोष प्रबन्धक हो र यसले आफ्ना सुविधाहरुलाई विस्तार गर्ने क्रममा डिजिटल प्रणाली मार्फत समेत सेवा विस्तार गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस