
काठमाडौं । काठमाडौं महानगरका ३२ वटा वडामा नै कोरोना संक्रमित भेटिएका छन् । महानगरपालिकामा १ हजार ६ सय ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्यमन्त्रालयले जनाएको छ । संक्रमितमध्ये १ सय ८८ जना निको भएका छन्। ८ जनाको भने ज्यान गएको छ।
कोटेश्वरमा मात्रै १ सय २३ जना संक्रमित छन् । त्यसमध्ये ७ जना निको भएका छन् । पछिल्लो समय काठमाडौंसँगै ललितपुर र भक्तपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । उपत्यकाका तीन जिल्लामा ३२ सय ६२ जनामा संक्रमण पुष्टि भएकोमा ललितपुरमा ४११ जना र भक्तपुरमा २७२ जना संक्रमित छन् ।
त्यस्तैगरि ४०५ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सबैभन्दा नारायणी अस्पताल वीरगन्जमा कार्यरत ६६ जना, भरतपुर अस्पताल चितवनका १८ जना, त्रिवि शिक्षण अस्पताल २० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान १७ जना, सुर्खेत प्रादेशिक अस्पताल १० जना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
त्यस्तै धनकुटा अस्पतालमा २ जना,भेरी अस्पतालमा १ जना, धुलिखेल अस्पतालमा ५ जना, गजेन्द्रनारायणसिंह अस्पताल सप्तरी ९ जना, गण्डक हस्पिटल ३ जना, ह्याम्स हस्पिटल १ जना, जिल्ला स्वास्थ्य कार्यलय अछाम ३ जना, जानकी हेल्थकेयर जनकपुर २ जना कोरोना पोजेटिभ छन् ।
त्यस्तै कलैया अस्पताल ४ जना, काठमाडौं मेडिकल कलेज सिनामंगल ३ जना, खप्तड चण्डीडाडा गाउँपालिका बाजुरा ४ जना, कुष्मा नगरपालिका ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको मन्त्रालयले बताएको । नारायणी सामुदायिक अस्पताल भरतपुर २ जना, नेशनल मेडिकल कलेज पर्सा २ जना, नेपाल प्रहरी अस्पताल ७ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ४ जना, पर्वत अस्पताल २ जना, पर्सा जिल्ला जनस्वास्थ्य कार्यलय ६ जना, पिपिएचल ९ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ४ जना, सेती प्रादेशिक अस्पताल २ जना, वीरेन्द्र सैनिक अस्पताल २ जना, बयोधा अस्पताल ३ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।
शुक्लाफाँटा नगरपालिका १ जना, प्रसुती अस्पताल १ जना, पोखरा महानगरपालिका १ जना, पन्चदेवल नगरपालिका अछाम १ जना, कोइलीवास हेल्थ पोष्ट दाङ १ जना, कुष्मा गाउँपालिका पर्वत ५ जना, ओम कन्चनपुर स्वास्थ्य चौकी १ जना, गढीमाई गाउँपालिका बारा १ जना, देउपुर हेल्थ पोष्ट धनुषा १ जना, वीरेन्द्रनगर नगरपालिका २ जना, इडिसिडी १ कार्यरत १ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित छन् ।
जिल्ला अस्पताल अछाम २ जना, रामारोशन गाउँपालिकाका ३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी, उदित हेल्थ पोष्ट बारा १ जना, वी एण्ड बी हस्पिटल ललितपुरका १ जना, पर्साको बदिहार क्वारेन्टाइनमा कार्यरत ३ जना र बाजुराको हेल्थ पोष्टमा कार्यरत १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । विरअस्तालमा उपचारत डा ध्रुव गैरेको स्वास्थमा सुधार आइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस