aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

काठमाडाैं उपत्यकामा संक्रमितकाे संख्या ३२ सय ६२ पुग्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ भदौ २०७७
काठमाडाैं उपत्यकामा संक्रमितकाे संख्या ३२ सय ६२ पुग्याे

काठमाडौं । उपत्यकाका तीन जिल्लामा ३२ सय ६२ जनामा संक्रमण पुष्टि भएकोमा ललितपुरमा ४११ जना र भक्तपुरमा २७२ जना संक्रमित पुगेका छन् । काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २५ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यसमध्ये महानगरपालिकामा मात्रै १६ सय ६ जना संक्रमित भएका छन् ।

महानगरका ३२ वटा वडामा १ हजार ६ सय ६ जनामा कोरोना पुष्टि भएकोमा १ सय ८८ जना निको भएका छन् । ८ जनाको भने ज्यान गएको छ ।

कोटेश्वरमा मात्रै १ सय २३ जना संक्रमित छन् । त्यसमध्ये ७ जना निको भएका छन् । पछिल्लो समय काठमाडौंसँगै ललितपुर र भक्तपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस