aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

विश्वमा परिक्षणको तेस्रो चरणमा रहेका कोरोना खोपहरुको मूल्य कति कति छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ भदौ २०७७
विश्वमा परिक्षणको तेस्रो चरणमा रहेका कोरोना खोपहरुको मूल्य कति कति छ ?

एजेन्सी । कोरोना भाइरस खोपको खबर आउने बित्तिकै सम्पूर्ण विश्वको अपेक्षा बढ्दैछ। वर्तमानमा, करीव १५० खोपहरूको परीक्षण चलिरहेछन । जसमध्ये छवटा अन्तिम चरणमा ट्रायलमा छन् । यस वर्षको अन्त्यसम्ममा मानिसहरूले प्रभावकारी खोप लिने सम्भावना छ ।

म्यासाचुसेट्स स्थित बायोटेक कम्पनीले अमेरिकी नेशनल संस्थाको सहयोगमा खोपको नयाँ तरीकामा काम गरिरहेको छ । यो खोप भाइरसको आनुवंशिक सामग्री, मेसेन्जर आरएनएमा काम गरिरहेको छ । अन्य खोपहरू जस्तै, यसले वास्तविक भाइरसमा काम गर्दैन बरु यसले एक भाइरल प्रोटीन सिर्जना गर्दछ जसले कोरोना भाइरसको नक्कल गर्दछ ।  यो नयाँ प्रकारको टेक्नोलोजी हो । यदि यसले मञ्जुरी पाएमा एमआरएनए १२७३ पहिलो यस्तो खोप हुनेछ । यस खोपको मूल्य ३२-३७ (२३८८-२७६१ रुपैयाँ) हुनेछ । 

न्यु योर्कमा स्थित पीफाइजर जर्मन बायोटेक कम्पनी बायोटेकसँग खोपमा काम गर्दैछ ।  यो भ्याक्सिन पनि एमएनआरएन प्लेटफर्ममा आधारित छ । यो जर्मन कम्पनीले प्रायोगिक क्यान्सर भ्याक्सिन बनाइसकेको छ । पीफाइजरले अमेरिकी सरकारसँग करीव १९५ करोड खोपहरू आपूर्ति गर्न एउटा सम्झौतामा हस्ताक्षर गरेको छ । यो भ्याक्सिन अक्टूबर २०२० सम्म नियामक स्वीकृति पाउने आशा गरिएको छ । यस खोपको मूल्य १९.५० डलर राखिएको छ । 

अक्सफोर्डले ऋजमयह्ज्ञ ChdoX1 NCOV-19  खोपका लागि एस्ट्राजेनेकासँग साझेदारी गरीरहेको छ । यो खोप परीक्षणको अन्तिम चरणमा छ । यदि यो खोपको परिक्षण सफल भएको खण्डमा सेप्टेम्बर महिनामा बजारमा आउने आशा गरिएको छ । यस खोपको लागत ४ डलर हुने अनुमान गरिएको छ । 

चीन नेशनल बायोटेक ग्रुप (सीएनबीजी) का सिनोफर्म कम्पनीले डिसेम्बरसम्म  खोप बजारमा ल्याउने बताएको छ । कम्पनीका सीईओका अनुसार १००० युआनभन्दा कम मूल्यमा भ्याक्सिनको दुई खुराक बजारमा ल्याउने प्रयासमा रहेको बताए । यो खोपको तेस्रो चरण युएईको अबुधाबीमा १५००० स्वयंसेवकहरूमा परीक्षण भइरहेको छ । 

सिनोवैक बायोटेकको कोरोनावैंक भ्याक्सिन एक निष्क्रिय खोप हो । यसको परीक्षणको तेस्रो चरणको लागि ९००० व्यक्ति भर्ती भएका छन् । स्वास्थ्य सेवामा सम्बन्धित व्यक्तिहरू छन् । ब्राजीलमा परीक्षणको तेस्रो चरण धेरै स्थानहरूमा गरिने छ । यद्यपि यसको मूल्य निर्णय भएको छैन । 

Ad5-nCoV  खोपले चीनमा सेनामा परिक्षण गर्न स्वीकृति प्राप्त गरेको छ । CanSinoBIO बाट यो खोप एडिनो भाइरस-आधारित भाइरल भेक्टर टेक्नोलोजीमा आधारित हो ।  यो बीजिंग इन्स्टिच्युट अफ बायोटेक्नोलजीको सहकार्यमा विकास गरिएको हो । जून २९ २०२० मा चीनको केन्द्रीय सैन्य आयोगले एक बर्षसम्ममा  ब्मछ(लऋयख्  बनाउन चिनियाँ सेनालाई अनुमति दिइसकेको  छ । 

भारतको सीरम कम्पनी विश्वको सबैभन्दा ठूलो खोप निर्माता कम्पनीमध्ये एक हो । सीरम संस्थानले लाखौं खोपहरू बनाउने सम्झौतामा हस्ताक्षर गरेको छ ।  कम्पनीका अध्यक्ष साइरस पूनावालाका अनुसार भ्याक्सिनको लागत १००० रुपैयाँ हुने बताएका छन् । यदि सरकारले चाहेमा देशका नागरिकहरुलाई निःशुल्क पनि दिन सक्छ । एसआईआईका कार्यकारी निर्देशक सुरेश जाधवका अनुसार यो खोपको तेस्रो ट्रायल शुरु हुने बित्तिकै खोप बनाउने काम अघि बढ्ने छ । 
 
११ अगस्तमा, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनले स्पुतनिक भि विश्वको पहिलो कोरोना भाइरस खोप विकास गरेको दाबी गरेका छन् । रूसले यो खोप प्रतिरोध क्षमता बढाउनमा प्रभावकारी भएको दाबी गरेको छ । रसियाको डाइरेक्ट इन्भेष्मेन्ट फण्डका सीईओका अनुसार  ठूलो संख्यामा यो खोपको उत्पादनका विश्वभरीका औषधि उत्पादकहरुलाई आवहान नै गरेको छ ।  यसको मूल्यको बारेमा हालसम्म सार्वजनिक गरिएको  छैन । 

प्रतिक्रिया दिनुहोस