
काठमाडौं । कोरोना भाइरसका कारण कांग्रेस नेताको मृत्यु भएको छ । नेपाली कांग्रेस काठमाडौं महानगर वडा नम्बर २१ का इकाइ सभापति गोविन्द रञ्जितको मंगलबार मृत्यु भएको हो ।
उनलाई एक साताअगाडि कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना भाइरस संक्रमणपछि उपचार गराइरहेका करिब ६० वर्षका रञ्जितको मंगलबार निधन भएको हो। उनका परिवारका सदस्यमा पनि कोरोना देखिएको छ।
प्रतिक्रिया दिनुहोस