
काठमाडौं । काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका १९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ रहेको छ । जसमा १९ हजार १ सय १९ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस