aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोनाबाट काठमाडौंका ३ सहित थप ७ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ भदौ २०७७
कोरोनाबाट काठमाडौंका ३ सहित थप ७ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ७ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।  

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षिया महिला, ७२ र ६६ वर्षिया पुरुष, सिरहाका २२ वर्षिया पुरुष, पर्साका ६८ वर्षिया पुरुष, धनुषाका ७६ वर्षिया पुरुष, रुपन्देहीका ५३ वर्षिया पुरुष रहेका छन् । 

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १६४ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस