
एजेन्सी । कोरोना संकटको कारणले विश्वभरीको पर्यटन उद्योग पूर्ण रूपमा ध्वस्त भएको छ । पर्यटन उद्योग विगत ६ महिनादेखि संकटमा छ । नेपाल पनि यस क्षेत्रको क्षति खर्बौ माथि पुगेको तथ्यांक सार्वजनिक भइरहेको छ । घाटा तथ्यांक दिनदिनै बढ्दै छ र यस अवस्थामा स्थिति सामान्य हुने आशा गरिएको छैन।
संयुक्त राष्ट्र संघ–महासचिव एन्टोनियो गुतारासले मंगलबार भने, ‘विश्वव्यापी पर्यटन उद्योगले यस महामारीको कारण यस वर्षको पहिलो ५ महिनामा ३२० अर्ब डलरको गुमाइ सकेका छन । पर्यटन उद्योगमा १२ करोडभन्दा बढीको रोजगारी खतरामा छ । विश्वमा प्रत्येक १० मध्ये एक जनाले यस क्षेत्रमा रोजगार पाइरहेका थिए ।’
उनले भने, यो क्षेत्रले अर्थतन्त्रहरुलाई बढाउन मात्र मद्दत पु¥याउँदैन, तर यस मार्फत व्यक्तिले विश्वको संस्कृति जान्ने र प्राकृतिक सुन्दरताको आनन्द लिने अवसर पाइरेको थियो । यो विकसित देशहरूको लागि ठूलो चोट हो तर विकासोन्मुख देशहरूका लागि आपतकालिनको आवस्थामा छन । केही देशहरूको कुल घरेलु उत्पादन (जीडीपी) मा पर्यटनको हिस्साको योगदान २० प्रतिशत भन्दा बढि छ ।’
प्रतिक्रिया दिनुहोस