aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

धनी देशहरूले २ अर्ब डोज करोना खोप किने, गरिब मुलुकहरूले के गर्लान् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० भदौ २०७७
धनी देशहरूले २ अर्ब डोज करोना खोप किने, गरिब मुलुकहरूले के गर्लान् ?

एजेन्सी । बेलायतबाट प्रकाशित हुने चर्चित जर्नल नेचरमा प्रकाशित एक रिपोर्ट अनुसार अगस्त १५  सम्ममा अमेरिकाले कोरोना विरुद्धको खोप उत्पादक विभिन्न ६ वटा कम्पनीहरूबाट ८०० मिलियन डोज खरिद गरिसकेको छ। यस बाहेक अब १ अर्व डोज खोप खरिदको विकल्प सो मुलुकले खुल्ला राखेको छ। 

बेलायतले पनि यस्तै खोपको ३४० मिलियन खुराकहरू खरिद गरेको छ। तर, कोरोना खोपको निर्माण गरेको दर्जनौँ दाबी भए पनि बजारमा हालसम्म एउटा पनि पूर्ण खोप देखापरिसकेको छैन। विश्वका धनी देशहरूले कोरोना खोप पूर्णरुपमा बन्नु अघि नै २ करोड डोज कोरोना खोप खरिद गरिसकेका छन्। यदि कोरोना खोप निकट भविष्यमा बन्यो भने पनि यसले असमानतालाई थप बल पुर्‍याउने देखिन्छ।

जनसङ्ख्याका अनुसार बेलायतले प्रत्येक नागरिकका लागि खोपहरू किनेको छ। युरोपियन युनियन अन्तर्गतका देशहरूले सामूहिक रूपमा कोरोना खोप खरिद गरिरहेका छन्। जापानले पनि कोरोना खोपको अर्डर गरिसकेको छ।

नेचर जर्नलको रिपोर्ट अनुसार अक्सफोर्ड र एस्ट्रा जेनिका यस्तो कारोबार गर्ने पहिलो खोप निर्माता कम्पनी हुने सम्भावना छ। यी कम्पनीहरूले अर्को वर्षको अन्त्यसम्ममा २.२ अर्व डोज तयार गर्ने अनुमान छ। युरोप, अमेरिका, बेलायत, जापानले खोप खरिदको लागी बुकिङ गरिसकेका छन्। कम र मध्यम आय भएको देशहरूको लागि यस्तो खरिदको सम्भावना एकदम थोरै छ।

नोभाभाक्स भन्ने कम्पनीले अर्को वर्षसम्म कोरोनाको १.३५ अर्व डोज बनाउने योजना गरिरहेछ। यसमध्येबाट संयुक्त राज्य अमेरिका र बेलायतले १६ करोड खोपहरू बुक गरिसकेका छन्।

फाइजले उत्पादन गर्ने खोपमध्ये संयुक्त राज्य अमेरिका, जापान र बेलायतले २३ करोड कोरोना खोपहरू बुक गरेका छन्। मोड्नाको खोपमा अमेरिकाले १०.४५ करोड डोज बुकिङ गरेको छ। जोनसन एन्ड जोनसनको खोपका लागि युरोप, अमेरिका र बेलायतले ३३ करोड खोप किन्ने तयारी गरेका छन् भने स्नोफीले निर्माण गर्ने खोपमा, युरोप, बेलायत र अमेरिकाले ४६ करोड डोज बुकिङ गरिसकेका छन्।
 
धनी देशहरूले यसरी खोपको उत्पादन सुरु नहुँदै छिटो सौदा गरेको कारण गरिब देशहरू सङ्कटको सामना गर्नुपर्ने अवस्थामा पुग्दै छन्। यस्तो किन हुँदै छ भने पहिलो त तिनीहरूसँग कोरोना खोप किन्न पैसा छैन। दोस्रो, यी देशहरूको स्वास्थ्य प्रणाली पनि कमजोर छ। तसर्थ, चुनौती तिनीहरूको अगाडि बढी छ।

विश्व स्वास्थ्य सङ्गठनले खोप कब्जाको लागि यस दौडमा चासो व्यक्त गरेको छ। डब्ल्यूएचओका प्रमुख ट्रेडरोस एन्ड्रसले भनेका छन् कि हामीले खोपको राष्ट्रियता रोक्नु पर्छ।

तर, जे होस् कोरोनाको खोप बनेपछि सबैभन्दा पहिले धनी देशका मानिसले नै त्यो प्रयोग गर्ने पाउने निश्चित भएको छ। गरिब मुलुकका मानिसहरूले भने ती धनी देशको दया माया र सहयोगको आशामा बस्नुपर्ने भएको छ। स्थिति के बन्ने देखिंदैछ भने खोप बनिहाले पनि गरिब देशका नागरिक अझै लामो समयसम्म कोरोनाको सिकार बन्न बाध्य हुनेछन्। 

प्रतिक्रिया दिनुहोस