काठमाडौं । नेपालमा ८८५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८८५ जना नयाँ संक्रमित थपिएका हुन् ।
प्रवक्ता गौतमका अनुसार आज मात्रै १३ हजार २५३ जनाको पिसिआर परिक्षण गरिएको छ ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ रहेको छ । जसमा १९ हजार ५ सय ४ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस