aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० भदौ २०७७
काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३०१ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उपत्यकामा संक्रमित थपिएको यो संख्या अहिलेसम्म कै धेरै हो । 

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका २३० जना, ललितपुरका ४७ जना र भक्तपुरका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ रहेको छ । जसमा १९ हजार ५ सय ४ जना निको भएर घर फर्किसकेका छन् ।   

प्रतिक्रिया दिनुहोस