aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कारोनाका कारण थप ११ जनाको मृत्य, मृतकको संख्या १७५ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० भदौ २०७७
कारोनाका कारण थप ११ जनाको मृत्य, मृतकको संख्या १७५ पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ११ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।  

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा दुई जना महिला र ९ जना पुरुष रहेका छन् । जसमा २ जना महिला मोरङ र भक्तपुरका रहेका छन् भने पुरुषमा २ जना कैलाली, महोत्तरीको ३ जना, बाँकेको एक जना, काठमाडौंका १ जना र बाराको दुई जना रहेका छन् । 

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस