
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) का संक्रमितलाई १४ दिन भन्दा बढी अस्पतालमा नराख्ने निर्देशन दिएको छ । मन्त्रालयले लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमितहरुको १० औं दिनमा पीसीआर टेष्ट गर्न निर्देशन दिएको हो । यसरी टेष्ट गर्न नेगेटिभ आए होम आइसोलेनसमा बस्ने गरी घर पठाउनुपर्नेछ । पोजेटिभ आएकाहरुलाई थप चार दिन अस्पतालमा राख्नुपर्नेछ र, १४ औं दिनको दिन पीसीआर टेष्ट नगरी डिस्चार्ज गर्नुपर्नेछ ।
लक्षण नभएका त्यस्ता विरामीलाई पुनः परीक्षण नगरी १४ औं दिनमा घर फर्काउन स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वस्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले कोभिड अस्पताललाई निर्देशन दिएको कोभिडबारेको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । उनले ती बिरामीलाई घर फिर्ता नगरे उनीहरुको भरण पोषणको जिम्मा सरकारले नबेहोर्ने बताए ।
प्रतिक्रिया दिनुहोस