
भैरहवा । ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका १० जना थुनुवालाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । अदालतमा पेश गर्नु अघि उनीहरुको स्वाव परिक्षण गर्नुपर्ने अदालतको निर्देशन अनुसार मंगलबार स्वाव संकलन गरि परिक्षण गरिएकोमा उनीहरुको पोजेटिभ आएको हो ।
मंगलबार परिक्षण गरिएका उनीहरुको बुधवार आएको पिसिआर परिक्षणको रिपोर्ट मा १० जना थुनुवामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । ईलाका प्रहरी कार्यालयको हिरासतमा २७ जना थुनुवा रहेका छन् ।
विभिन्न घटनामा पक्राउ परि हिरासतमा राखिएका हरुको स्वाव परिक्षण गर्दा उनिहरुमा कोरोना पोजिटिभ पाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक खडक बहादुर खत्रीले बताए । भैरहवा स्थीत भिम अस्पतालमा उनीहरुको स्वाको नमुना संकलन गरिएको थियो ।
यसअघि पनि ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत १ जना सहित मुख्यमन्त्री शंकर पोखरेलको स्कटिङका ३ जना सुरक्षाकर्मीहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै बुटवलका दुईजना चिकित्सकलाई पनि बुधवार कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस