aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

वृद्ध उमेर समूहको बिरामीको इम्युनिटी बढाउने खोप तयार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ भदौ २०७७
वृद्ध उमेर समूहको बिरामीको इम्युनिटी बढाउने खोप तयार

काठमाडौं  । अमेरिकाको मोडर्ना कम्पनीले बढी उमेर समूहका विरामीको रोग प्रतिरक्षाप्रणाली वढाउने खोप विकास गरेको दावी गरेको छ । कम्पनीका अनुसार प्रारम्भिक परीक्षणहरुबाट यो खोपले उमेर बढी भएका बिराममा प्रतिरक्षा उत्पादन गर्ने प्रतिक्रिया दिइको छ । 

मोडर्न कम्पनीले बुधबार भने ५६ देखि ७० बर्ष उमेरका १० र ७१ बर्षभन्दा माथि उमेरका १० व्यक्तिहरुमा यो परिक्षण गरिएको छ। सबै स्वयम्सेवकहरुलाई २८ दिनको फरकमा १०० एमजीको दुई डोज दिएको छ । 

कम्पनीका अनुसार खोपपछि उनीहरुमा रहेको एन्टिबढी तटस्थ रहेको पाइयो । अनुसन्धानकर्ताका अनुसार यी एन्टबडीहरू कोरोना भाइरसको प्रतिरोधात्मक क्षमताका लागि आवश्यक छन्। कम्पनीले यो पनि भनेको छ स्वयंसेवकहरुमा पत्ता लागेका एन्टिबडीहरुको संख्या कोरोनाबाट फर्केका बिरामीहरुको भन्दा बढी थियो ।

 कुनै गम्भीर साइड इफेक्ट पनि खोप सप्लीमेन्ट लिने मानिसहरूमा देखिएन । केही बिरामीहरूले टाउको दुख्ने र थकानको गुनासो आएको छ । तर प्रायजसो हल्का साइड इफेक्टहरू दुई दिनमा समाप्त भयो । 

 अमेरिकामा थुप्रै कोरोना भाइरस विरुद्धका खोपहरुमा काम भइरहेको छ ।  ती मध्ये यो  भ्याक्सिन राम्रो प्रतिफल दिनेमा गणना गरिएको छ । मोडर्नले यो भ्याक्सिनको तेस्रो चरण  परीक्षण पनि शुरू गरिसक्यो ।,   विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रूपमा १७०  वटा खोपहरूमा काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस