aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अनुसन्धानले देखायो कोरोनाबारे अर्को डरलाग्दो नयाँ तथ्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ भदौ २०७७
अनुसन्धानले देखायो कोरोनाबारे अर्को डरलाग्दो नयाँ तथ्य

अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको संक्रमणबारे नयाँ तथ्य पत्ता लगाएका छन् । जसअनुसार कोरोना भाइरस हावाको माध्यमबाट पनि सर्ने प्रमाणित भएको हो । 

यसअघि कोभिड १९ रोगको कारक मानिएको कोरोना भाइरस हाम्रो थुक, र्‍याल वा सिँगान जस्ता वस्तुहरूबाट मात्र सर्ने विश्वास गरिँदै आएको थियो । पछिल्लो अनुसन्धानले हावाको माध्यमबाट कोरोना सर्दैन भन्ने मान्यतालाई गलत साबित गरिदिएको छ । 

चीनका अनुसन्धानकर्ताहरुले गरेको रिसर्च इन्भाईरोमेन्टल इन्टरनेशनलमा प्रकाशित भएको छ । सो अध्ययन रिपोर्टलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुम्बर्कले लेखेको समाचार अनुसार यस्तो अध्ययन चीनको गोन्जाउमा गरिएको हो । 

अनुसन्धानकर्ताहरुले निकै अघि नै मानिसहरू बस्न छोडेको एउटा अपार्टमेन्टको बाथरुममा कोरोना भाइरस फेला पारेका थिए । त्यहाँ सो भाइरस कसरी आइपुग्यो भनेर अनुसन्धान गर्ने क्रममा के पत्ता लाग्यो भने सोही भवनको १० तलामुनि बस्ने मानिसहरूलाई कोरोना संक्रमण भएको थियो । 
उनीहरूको दिशा, पिसाबमा रहेको कोरोना भाइरस फल्स गर्नेक्रममा उत्पन्न हुने स—साना हावाका कणहरूसँगै माथि उडेर १० तला माथिको बाथरुमसम्म पुगेको थियो । 

यो अध्ययनले अर्को पनि कुरा स्पष्ट पारेको छ की संक्रमितको दिशा पिसाबमा पनि कोरोना भाइरस रहेको हुन्छ । त्यसैले संक्रमण नियन्त्रण गर्न मानिसहरूले हाछ्यूँ गर्दा खोक्दा वा उनीहरूबाट निस्किएको थुक वा सिँगानजस्ता वस्तुहरुमा मात्रै नियन्त्रण गरेर हुँदैन । 

संक्रमितहरुले प्रयोग गर्ने ट्वाइलेटसमेत अगग्गै रहनु पर्छ । त्यति मात्र होइन ट्वाइलेट फल्स गरेपछि फोहरा बगेर जाने ढलमा समेत कोरोना भाइरसहरू रहेको हुनसक्छ । 

पछिल्लो अध्ययनले विश्व स्वास्थ्य सङ्गठनले अहिलेसम्म कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न अपनाउनुपर्ने सावधानी भनेर तोकेका मापदण्ड र सीमाहरू समेत पर्याप्त नभएको प्रमाणित गरिदिएको छ । अब कोरोना भाइरसको संक्रमणको जोखिमलाई नियन्त्रण गर्न नयाँ ढंगका नीति योजना र कार्यक्रमहरू अगाडी सार्नुपर्ने आवश्यकता देखिएको छ । 


 

प्रतिक्रिया दिनुहोस