aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

काठमाडौं उपत्यकामा आज पनि थपिए ३७७ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ भदौ २०७७
काठमाडौं उपत्यकामा आज पनि थपिए ३७७ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उपत्यकामा संक्रमित थपिएको यो संख्या अहिलेसम्म कै धेरै हो । 

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका २७० जना, ललितपुरका ६६ जना र भक्तपुरका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ रहेको छ । जसमा २० हजार ७३ जना निको भएर घर फर्किसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस