aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

थप एक हजार १११ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ भदौ २०७७
थप एक हजार १११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा एक हजार १११ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा एक हजार १११ जना नयाँ संक्रमित थपिएका हुन् ।   

प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३५ हजार ५२९ पुगेको छ । संक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ७३ रहेको छ । संक्रमित संख्या मध्ये २० हजार ७३ जना निको भएर घर फर्किसकेका छन् ।   

पछिल्लो २४ घण्टामा जम्मा १२ हजार ६२९ पीसीआर परीक्षण गरिएको गौतमले जानकारी दिए । देशभरमा गरी पछिल्लो २४ घण्टामा ५६९ जना निको भएर घर फर्किएका छन् । देशभर हाल १५ हजार २७३ जना आइसोलेशनमा रहेको मन्त्रलयले जनाएको छ । देशभरका क्यारेन्टिनहरुमा हाल ९ हजार ४८८ जना रहेका प्रवक्ताले बताए । 

प्रतिक्रिया दिनुहोस