aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कारोनाका कारण थप ८ जनाको मृत्यु, मृतकको संख्या १८३

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ भदौ २०७७
कारोनाका कारण थप ८ जनाको मृत्यु, मृतकको संख्या १८३

काठमाडौं । कोरोना भाइरसका कारण थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ८ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।  

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् । ललितपुरकी वर्षिया महिला, पोखराकी ३२ वर्षीय महिला, बाराकी हर्दियानिवासी २३ वर्षीया, रुपन्देही र बाँकेका ७० वर्षिया महिला, काठमाडौंका ४८ वर्षिया पुरुष, कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुष र पर्साका ५० वर्षिया पुरुष रहेका छन् । 

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १८३ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस