aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोना भाइरस नष्ट गर्न अजोन ग्यास प्रभावकारी देखिएको जापानी अनुसन्धानकर्ताको दाबी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ भदौ २०७७
कोरोना भाइरस नष्ट गर्न अजोन ग्यास प्रभावकारी देखिएको जापानी अनुसन्धानकर्ताको दाबी

एजेन्सी । कोरोना भाइरस नष्ट गर्न ओजोन ग्यास प्रभावकारी देखिएको जापानका अनुसन्धानकर्ताले दाबी गरेका छन् ।  अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले  कोरोना भाइरस नष्ट गर्न ओजोन ग्यास प्रभावकारी देखिएको जापानका अनुसन्धानकर्ताले दाबी गरेका उल्लेख गरेको छ । 

रोयटर्सका अनुसार बुधबार ती अनुसन्धानकर्ताले कम घनत्वको ओजोन ग्यास कोरोना निष्क्रिय पार्न प्रभावकारी पाइएको दाबी गरेका हुन् । यसको प्रयोगबाट अस्पताललाईइ पनि भाइरसरहित बनाउन सकिने उनीहरूको भनाइ छ । 

फुजिता हेल्थ युनिभर्सिटीका वैज्ञानिकले बुधबार एक पत्रकार सम्मेलनमा कम घनत्व -प्रतिमिलियन ०.०५ देखि ०.१) ओजोन ग्यासबाट कोरोना भाइरस नष्ट हुने तथ्य प्रमाणित भएको बताएका हुन् । यति मात्राको ओजोन ग्यासले मानिसलाई हानि नगर्ने र भाइरस पनि नष्ट हुने पाइएको उनीहरूको दाबी छ ।

अनुसन्धानका क्रममा कोरोना भाइरसको नमुनासहित एक बन्द कोठामा ओजोन जेनेरेटर प्रयोग गरिएको थियो । कम मात्राको ओजोनमा १० घण्टासम्म राख्दा कोरोना भाइरसको शक्ति ९० प्रतिशत घटेको पाइएको वैज्ञानिकले बताएका छन् ।

जोर्जिया इन्स्टिच्युट अफ टेक्नोलजीले हालै गरेको अध्ययनले ओजोनले गाउन, कालो चस्मा र अन्य स्वास्थ्य सुरक्षा उपकरणलाई कीटाणुरहित पार्न प्रभावकारी हुने पाइएको रोयटर्सले उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस