एजेन्सी। दक्षिण अमेरिकी देशहरु बीच कोरोना भाइरस बिरुद्धको खोपमा सहकार्य गर्ने सहमती भएको छ। त्यहाँका ८ वटा देशहरुले नयाँ समूह बनाएर यस्तो सहकार्यको थालैनी गरेको चिलीका परराष्ट्रमन्त्री आन्द्रे एलामान्डले बताएका छन्।
उनले भने कि दक्षिण अमेरिकी देशहरुमा कोरोना भाइरस खोप सम्बन्धी जानकारी बाँड्न र खोप लिन सहमति भएको छ। खोपको लागि समन्वयका साथ काम गर्दा धेरै फाइदाहरू हुनेछन्।
यो नयाँ समूहमा चिली, अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, पराग्वे, पेरू, इक्वेडर र गुयाना शामिल छन्। यी आठ देशका राष्ट्र प्रमुख र विदेश मन्त्रीहरूको भर्चुअल बैठकमा आन्द्रे एलामन्डले भने, "खोपको लागि सँगै मिलेर काम गर्दा फाइदाहरू छन्, विशेष गरी महत्त्वपूर्ण संख्यामा र कम मूल्यमा खोप लिन सकिने हुन्छ।"
सबै देशहरूको प्रयास भनेको उनीहरूको नागरिकलाई पहिलो र सस्तो मूल्यमा खोप लगाउनु हो। विश्व स्वास्थ्य संगठनका अनुसार अहिले बिश्वब्यापी रुपमा १५० वटा कोरोना खोपहरू उत्पादन भइरहेको छ, जसमध्ये २५ वटाको मानविय परीक्षण सुरु भएको छ।
खोप उत्पादक कम्पनीहरु जोन्सन एण्ड जोन्सन, साइनोवाक र एस्ट्राजेनिकाले दक्षिण अमेरिकामा खोप उत्पादन चाँडै सुरु गर्ने तयारी गरेका छन्। आलाण्डका अनुसारबेलायती औषधि कम्पनी एस्ट्राजेनिकाले अर्जेन्टिना, मेक्सिको वा ब्राजिलमा कोरोना खोप उत्पादन गर्ने कुरा गरेको थियो।
प्रतिक्रिया दिनुहोस