aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

चितवनमा थप ११ जनामा कोरोना पोजेटिभ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ भदौ २०७७
चितवनमा थप ११ जनामा कोरोना पोजेटिभ

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) मा रहेको कोभिड १९ परीक्षण प्रयोगशालामा हिजो (बिहीबार्र) परीक्षण गरिएका १७० वटा नमुनामध्ये १९ वटा नमुनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सिएमसी कोभिड १९ परीक्षण प्रयोगशाला का माइक्रोबायोलोजिस्ट डा.नवीनकुमार चौधरीका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नम्बर ५, ७, १०, १६ र २६ का पाँच जना महिलासहित ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै, नवलपरासीको गैंडाकोट नगरपालिका ८ का एक महिला र विनयीत्रिवेणी नगरपालिका ६ का एक पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । हेटौँडा ११ की एक महिला, रौतहट जिग्दवा २ की एक महिला, दाङ लमहीका ५ का एक महिला, जीतपुर १७ का एक पुरुष, कलैया ३ की एक महिला, सर्लाही हरिपुर २ का एक पुरुष, धनुषा ठाडी ४ का एक महिला र पर्सा वीरगन्ज ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
 

प्रतिक्रिया दिनुहोस