
काठमाडौं । विश्वका अर्बपतिको सूचिमा नाम दाखिला गराएका नेपालका एक मात्र व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोरोनाबाट संक्रमित भएका छन्। उनले आज शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको जानकारी दिएका हुन् ।
ट्विटमा उनले भनेका छन्, ‘आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो । मलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन।’ उनले आफूमा सेल्फ क्वारेन्टाइनमा बसेका जनाएका छन् । डाक्टरको सल्लाह अनुसार आफूले सेल्फ क्वारेन्टाइनमा बसेको उल्लेख गर्दै उनले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई समेत सचेत रहन सुझाब दिएका छन् ।
आफूमा कोरोनाको कुनै लक्षण नदेखिएकोमा भगवानलाई धन्यवादसमेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस