
एजेन्सी । आजभोली मानिसहरुले विभिन्न सूचनाहरु प्राप्त गर्न भन्दै हेल्थ एप सहितका फिटनेश घडि लगाउने गरेका छन् । तर, अध्ययनले यस्तो घडीबाट मुटुरोगीलाई फाइदा भन्दा बढी बेफाइदा हुने देखाएको छ ।
युनिभर्सिटि अफ कोपेनहेगनको कम्युटर विज्ञान विभागका प्रोफेसर तारिक अस्मान एन्डरसनको नेतृत्वमा गरिएको एक अध्ययनमा यस्तो देखिएको हो । उनका अनुसार मुटुरोगीलाई यस्ता घडि र एपहरुले दिने सूचनाहरुका कारण अत्याधिक चिन्ता बढ्ने गरेको र मुटु रोगीलाई त्यसले ठुलो क्षति गर्ने गरेको देखिएको हो ।
एन्डरसनको टिमले गरेको ६ महिना लामो अध्ययनमा २७ जना मुटु रोगीहरुलाई सहभागी गराइएको थियो । उनीहरु फिटनेश हेर्न त्यस्तो घडिको प्रयोग गर्थे । तर, उनीहरु घडिबाट प्राप्त भएको गलत तंथ्याकंका कारण अत्याधिक तनावमा रहेको पाइएको थियो ।
सो अध्ययनमा लेखिएको छ—हाम्रो अध्ययनले देखायो की यसरी स्वः मापन गरिएको तथ्याकंले धेरै समस्याहरु सिर्जना गरेको देखियो । बिरामीहरुको अनुभवका आधारमा उनीहरु ‘फिटबिट’ नामक एपले देखाएको नतिजालाई डाक्टरबाट प्राप्त तथ्याकं सरह मान्ने गरेका थिए ।
त्यसबाहेक सो एपले प्राप्त तथ्याकंहरुको व्याख्या समेत नगर्ने हुँदा मुटुरोगका बिरामीहरु अनावश्यक तनावमा पर्ने गरेको देखियो । जर्नल अफ मेडिकल इन्टरनेट रिसर्चमा प्रकासित सो अध्ययनमा बिरामीहरुले आफ्नो स्वास्थ्यबारे धेरै नै चिन्ता लिने गरेको र यस्ता घडिबाट प्राप्त सूचनालाई आफ्नो रोगसँग सिधै जोड्ने गरेको पाईयो ।
उदाहरणका लागि ती स्मार्ट घडिहरुले निदाएको समयबारे दिने सूचनाबाट उनीहरुलाई आफू निदाउनु पर्ने भन्दा कम समय निदाएको जानकारी हुनासाथ के कारणले त्यस्तो भएको हो भनेर धेरै डराएका र आफू अझ बढी रोगी भएको महशुस गरेको पाईयो ।
त्यतिमात्र होईन मुटुको धड्कन बढेको देखिनासाथ उनीहरु आफ्नो मुटु साच्चै नै खतरामा परेको हो की भनेर झन बढी आत्तिने गरेको देखियो ।
प्रतिक्रिया दिनुहोस