aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कारोनाका कारण थप १२ जनाको मृत्यु, मृतकको संख्या १९५ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ भदौ २०७७
कारोनाका कारण थप १२ जनाको मृत्यु, मृतकको संख्या १९५ पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।  

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा ४ जना महिला र ९ जना पुरुष रहेका छन् । जसमा मोरङको ५६ र ६५ वर्षिया महिला, भक्तपुरको ६४ वर्षिया महिला, मकवानपुरका ७१ वर्षिया महिला, उदयपुरका ५२ वर्षिया पुरुष, पर्साको ७२ वर्षिया पुरुष, धनुषाको ७२ वर्षिया पुरुष, सिरहाको ५५ वर्षिया पुरुष, झापाको ८३ वर्षिया पुरुष, चितवनका ५१ वर्षिया पुरुष, कास्कीका ५२ वर्षिया पुरुष र रुपन्देहीको ६० वर्षिया पुरुष रहेका छन् । 

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १९५ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस