aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोनाका कारण मृत्यु भएका उदयपुरका शिक्षकको परिवारको रिपोर्ट नेगेटिभ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ भदौ २०७७
कोरोनाका कारण मृत्यु भएका उदयपुरका शिक्षकको परिवारको रिपोर्ट नेगेटिभ

काठमाडौं । कोरोना भाइरसका कारण मृत्यु भएका उदयपुरको त्रियुगा नगरपालिकाका वडा नं ४ मिलनचोकका ५२ वर्षीय शिक्षकको परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा मृतकसँग सम्पर्कमा रहेका मृतकका श्रीमती, दुई भतिजा र ज्वाइँमा कोरोना भाइरसको संक्रमण नभएको त्रिवि शिक्षण अस्पताल कोभिड कमिटीका सञ्चार संयोजक माधवप्रसाद घिमिरेले जानकारी दिए । 

घिमिरेले भने, ‘मृतकसँगै अस्पतालमा रहेका ४ जना सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मृतक शिक्षकको हिजो नै नेपाली सेनाले अन्त्येष्टि गरिसकेको छ ।’

यता, जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले घरमा रहेका दुई छोराहरूको स्वाब सङ्कलन गरेर विराटनगरको इमरजेन्सीमा पठाएको बताए । उनीहरूको आज बेलुकासम्ममा रिपोर्ट आउने सुवेदीले जानकारी दिए । 

कोरोनाका कारण उदयपुरमा मृत्यु भएको यो पहिलो घटना हो ।  

कोरोनाका कारण पहिलो पटक उदयपुरका एक पुरुषको मृत्यु

प्रतिक्रिया दिनुहोस