
काठमाडौं । नेपालमा ८८४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८८४ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका नयाँ संक्रमित इलामका १, झापाका २०, धनकुटाका १९, मोरङका ३१, संखुवासभाका ३, सुनसरीका २४, धनुषाका ४९, पर्साका ७३, बाराका २१, महोत्तरीका २६, रौतहटका ५, सप्तरीका २, सर्लाहीका ८३, सिराहका २२, काठमाडौँका १५५, काभ्रेपलाञ्चोकका १९ र चितवनका ५७ जना, दोलखाका १, धादिङका ९, भक्तपुरका १२, मकवानपुरका ९, ललितपुरका १९, सिन्धुपाल्चोकका १, कास्कीका ३, नवलपरासी पूर्वका २३, लमजुङका २९, कपिलवस्तुका २, नवलपरासी पश्चिमका १०, गुल्मीका १, दाङका १९, बाँकेका २०, रुपन्देहीका १६, जाजरकोटका १, रुकुमपश्चिमका १, जुम्लाका १, दैलेखका १, सुर्खेत १०, कैलालीका १९, कञ्चनपुरका १७, दार्चुलाका ३, बझाङका २६ र बैतडीका २१ जना रहेका छन् ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३१३ जना निको भएर घर फर्किएका छन् । योसँगै कोरोना संक्रमित मध्ये ५६ प्रतिशत निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस