aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोनाबाट उपत्यकाका ६ सहित थप १२ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ भदौ २०७७
कोरोनाबाट उपत्यकाका ६ सहित थप १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप १२ जनामा कोरोनाबाट मृत्यु भएसंगै मृतकको संख्या २०७ पुगेको पुष्टि गरेका हुन् । 
 
प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा ३ जना महिला र ९ जना पुरुष रहेका छन् । जसमा पाल्पाको ३० वर्षिया महिला, काठमाडौंका ५१ वर्षिया महिला, भक्तपुरका ६२ वर्षिया महिला, पर्साका ४८ र ३९ वर्षिया पुरुष, सिरहामा ८४ वर्षिया पुरुष, गोरखामा ३८ वर्षिया पुरुष, कास्कीमा ५८ वर्षिया पुरुष, काठमाडौंका ८३ वर्षिया पुरुष, ललितपुरको ७२ र ६१ वर्षिया पुरुष, भक्तपुरमा ८२ वर्षिया पुरुष रहेका छन् । 

प्रतिक्रिया दिनुहोस